७.८६ प्रतिशत मूल्य वृद्धि

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौं : चालु आर्थिक वर्षको साउनमा ८.२६ प्रतिशतको महँगी खेपिरहेका नेपालीहरूले वैशाखमा भने ७.४१ प्रतिशत महँगी खेप्नुपरेको छ। राष्ट्र बैंकले वार्षिक औसत मूल्यवृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य लिएको भए पनि वैशाखसम्ममा यस्तो औसत मूल्य वृद्धिदर ७.८६ प्रतिशत छ।

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मर–मसलाको २६.६१ प्रतिशत, रेष्टुरेण्ट तथा होटलबाट प्राप्त सेवामा १४.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा १३.६९ प्रतिशत, दूध र अण्डाको १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थमा ८.४९ प्रतिशतले मूल्य वृद्धि देखिएको छ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मनोरञ्जन तथा संस्कृतिमा १५.७५ प्रतिशत, विविध वस्तु तथा सेवामा १३.०८ प्रतिशत, शिक्षा सेवाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूमा ९.६५ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुमा ८.२७ प्रतिशतले महँगी बढेको छ।

काठमाडौं उपत्यकाका मानिसहरूले ७.६८ प्रतिशतको मूल्य वृद्धि खेपिरहँदा तराईमा ७.१५ प्रतिशत, पहाडमा ७.५७ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत महँगी देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार