डिसहोम र ओएसआर डिजिटलबीच सहकार्य

२०८० जेष्ठ २६, शुक्रबार

काठमाडौं : नेपाली चलचित्रको प्रवर्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिसहोमबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

ओएसआर डिजिटलसँग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिसहोमले लिएको हो । ओएसआर डिजिटलका विभिन्न एक्सक्लुटिभ कन्टेन्ट्सहरु अव डिसहोमको पे परभ्यु र एक्सक्लुटिभ च्यानलहरुमा डिसहोमका ग्राहकहरुले हेर्न पाउने भएका छन् ।

उक्त सहकार्यबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न एक्सक्लुटिभ कन्टेन्ट्सहरुको मज्जा लिन सक्नेछन् । नेपाली चलचित्रको विकास र प्रवर्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार