
काठमाडौँ : डोल्पाको सदरमुकाम दुनैस्थित नन्दबक्स गणका गुल्मपती मेजर विमल पण्डित सम्पर्कविहीन भएको आज १४ दिन पुग्यो ।
दाजु हराएको १४ दिन पुगेपछि विमलकी बहिनीले कसैले देखेमा सम्पर्क गरिदिनका लागि अनुरोध गरेकी छिन् । दाजु हराएलगत्तै त्रिपुरासुन्दरी मन्दिरको भिडियोसहित भगवानसँग पुकारा गरिरहेकी बहिनीले फोटोसहित कसैले देखेमा सम्पर्कका लागि अनुरोध गरेकी हुन् ।
उनले यसअघि शुक्रबार ‘धैर्य गर्नु मात्र विकल्प रह्यो’ लेख्दै परिवारले भोगिरहेको पीडालाई सामाजिक सञ्जालमार्फत दाजुको लागि पुकारा गरिरहेकी छिन् ।
