कैलालीमा स्कुल बस दुर्घटना हुँदा १५ विद्यार्थी घाइते

२०८० भाद्र २६, मंगलवार

धनगढी : कैलालीको टीकापुरमा स्कुल बस दुर्घटना हुँदा १५ जना विद्यार्थी घाइते भएका छन् । नगरपालिकाको वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनबाट विद्यार्थी पुर्याउन गएको ना. ५ ख. ४५६४ नम्बरको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घाइतेहरुहरुको टीकापुर अस्पताल उपचार भएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । यो बिषयमा अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार