
सुर्खेत : बेपत्ता भएका डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव फेला परेको छ । मंगलबार भेरी नदी अन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका–५ खदांगको चिन्ढेबगरमा उनको शव फेला परेको हो ।
स्थानीयले मंगलबार बिहान नदी किनारमा शव फेला पारेका थिए । उनीहरुले खदांगस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।उक्त प्रहरी चौकीले जिल्ला प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा टोली घटनास्थलमा गएको थियो । साथै सेनाको टोली पनि त्यहाँ पुगेको थियो ।
ढुंगाको खोचमा रहेको शव निकालेर हेर्दा मुखबाट पहिचान गर्न सकिने अवस्था नरहेको घटना स्थलमा रहेका प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए । यद्यपि घटनास्थलमा पुगेका सेनाका दुई जना मेजरले घडी र औँठीका आधारमा शव पण्डितकै रहेको बताएको उनले बताए ।
‘हामीसँग नेपाली सेनाको दुईवटा मेजरसावहरुको टोली आउनुभएको थियो, औँठी र घडीको आधारमा शव मेजर पण्डितकै रहेको यकिन गर्नुभयो,’ उनले भने,‘ पण्डितको अंकलका छोरा पनि घटनास्थलमा पुगेका थिए । मेजर पण्डिका बुबा पनि डोल्पा पुगेका छन् ।