घाइते नसिम शाह एसिया कपबाट आउट

२०८० भाद्र २८, बिहीबार

कोलम्बो : भारतविरुद्धको सुपर फोर खेलमा काँधमा चोट लागेका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले नसिमको स्वास्थ्यबारे टोलीको मेडिकल टिमले मूल्यांकन गरिरहेको र आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको जनाएको छ । जमानले पाकिस्तानको टोलीसँग प्रशिक्षकसमेत सुरु गरिसकेको पीसीबीको भनाई छ ।

उता, भारतविरुद्धको खेलमा रिजर्भ डेमा बलिङ नगरेका ह्यारिस राउफको पनि स्वास्थ्यमा सुधार भइरहेको बोर्डले जानकारी दिएको छ । भारतविरुद्ध दुवै राउफ र शाहले ब्याटिङ गरेनन् । टोली भारतसँग २२८ रनको विशाल अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार