नेकपा एसको सचिवमा हरि पराजुली थपिए

२०८० भाद्र २८, बिहीबार

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को सचिवमा हरि पराजुली थपिएका छन्।

केन्द्रीय कमिटीको कार्यादेशअनुसार सचिवालय बैठकले पराजुलीलाई सचिवमा मनोनीत गरेको एकीकृत समाजवादीले अन्तरपार्टी निर्देशन—११ मार्फत् जानकारी दिएको छ।

एकीकृत समाजवादीको सचिवमा राजेन्द्र राई, रामकुमारी झाँक्री, नागेन्द्र चौधरी, गरिमा शाह छन्।सचिवमा थपिएका पराजुलीलाई एकीकृत समाजवादीले लुम्बिनी प्रदेशको इन्चार्जसमेत तोकेको छ।

पराजुली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको पालामा कृषिमन्त्री थिए। २०७२ असार १५ गते काठमाडौंको मूलपानीमा रोपाइँ कार्यक्रम मनाउने क्रममा अशिष्ट व्यवहार गरेको भन्दै विवादमा आएपछि पदबाट राजीनामा दिएका थिए।

पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रिय समाजवादी जागरण यात्रा मूल आयोजक कमिटीको गठन गरेको समाजवादीले जानकारी दिएको छ। जसमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय, सबै प्रदेशका सचिवालय सदस्य र जिल्लाका पदाधिकारी रहेको २ हजार १ सदस्यीय केन्द्रीय स्तरको मूल आयोजक कमिटी गठन गरिएको समाजवादीले जानकारी दिएको छ।

पार्टीका प्रदेश इञ्चार्जको अध्यक्षतामा सम्बन्धित प्रदेश कमिटी र जिल्ला कमिटी सदस्य रहेको प्रदेश स्तरीय आयोजक कमिटी गठन गरिएको पनि अपानिमार्फत् बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार