प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

२०८० भाद्र २९, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नियमित एजेन्डाको विषयमा छलफल हुने बताइएको छ ।

साथै प्रधानमन्त्री प्रचण्डले आफ्नो आसन्न विदेश भ्रमणका विषयमा पनि बैठकमा जानकारी गराउनेछन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार