स्वास्थ्यकर्मीको लापरबाहीका कारण कान्ति अस्पतालमा बालिकाको मृत्यु भयो : स्वास्थ्यमन्त्री बस्नेत

२०८० भाद्र २९, शुक्रबार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा उपचारका लागि पुगेकी बालिकाको मृत्युमा स्वास्थ्यकर्मीको लापरबाही देखिएको बताएका छन्। स्वास्थ्यकर्मीको लापरबाहीका कारण बालिकाको मृत्यु भएको देखिएकाले आफूले कारबाहीका लागि निर्देशन दिइसकेको मन्त्री बस्नेतको भनाइ छ।

शुक्रबार जनसंख्या तथा विकाससम्बन्धी राष्ट्रिय सम्मेलनको उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा अनुसन्धान गरी लापरबाही गर्ने स्वास्थ्यकर्मीलाई कारबाहीको निर्देशन दिइएको बताए। ‘कान्ति बाल अस्पतालमा स्वास्थ्यकर्मीको लापरबाहीले बालिकाको मृत्यु भएको हो। मैले कारबाहीका लागि निर्देशन दिइसकेको छु,’ मन्त्री बस्नेतले भने।

काठमाडौंको बाफल बस्ने मकवानपुर थाहा नगरपालिका– १० की ५ वर्षीया रेजिशा गोपालीलाई उच्च ज्वरो आएपछि आमा रिता गोपाली र हजुरबा कृष्णबहादुर गोपालीले भदौ १८ गते साँझ ५ बजे बजे कान्तिको इमर्जेन्सी कक्षमा पुर्‍याएका थिए। २ घन्टासम्म कुर्दा पनि उपचार नपाएपछि सोही साँझ ७:१० बजे रेजिशाको मृत्यु भएको थियो। मन्त्री बस्नेतले जनसंख्या र विकासको सन्तुलन हुनुपर्नेमा जोड दिए। ग्रामीण भेगबाट अवसरका लागि सहरी क्षेत्रमा बस्ने प्रकोप बढेको बस्नेतको भनाइ छ।

‘जनसंख्या र विकास एक आपसमा अन्तरसम्बन्धित विषय हुन्। २०७८ सालको जनगणनाअनुसार शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक देखियो, बालमृत्युदर लक्ष्यअनुसार घटाउन सकिएको छैन। यसका लागि सहकार्यको आवश्यकता छ। संवैधानिक, कानुनी दायित्व, गुणस्तर दिगो विकास निर्माण गर्नु आजको आवश्यकता हो,’ मन्त्री बस्नेतले भने। फरक प्रशंगमा बोल्दै उनले मेडिकल डाक्टरहरु ५ वर्षसम्म तलब खाएर बिदामा बसिरहेकाले उनीहरूलाई तत्काल काममा फर्काउन निर्देशन दिएको बताए। साथै उनले डाक्टरहरूको अडिड गर्ने सिस्टम गरेको दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार