चार किलो चरेस सहित एक जना पक्राउ

२०८० भाद्र २९, शुक्रबार

डडेल्धुरा : डडेल्धुरामा ३ किलो ८ सय ग्राम चरेस सहित एक जना पक्राउ परेका छन्। जिल्लाको अमरगढी नगरपालिका–८ मिटमार्ट मासु पसल नजिकबाट बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा बोहराको साथबाट उक्त परिमाणमा चरेस भेटिएको बताइएको छ। बोहराको साथबाट चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ र २ हजार ६ सय १० भारुसमेत फेला परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार