नाला निर्माण गर्दा ढक्कन नहाल्दा २ वर्षीय बालकको खसेर मृत्यु

२०८० भाद्र २९, शुक्रबार

जनकपुरधाम : नाला निर्माण गर्दा ढक्कन नहालेको ठाउँमा खसेर जनकपुरधाम उपमहानगरपालिका- १५ लोहनामा एक बालकको मृत्यु भएको छ ।

स्थानीय रञ्जित मुखियाका २ वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको हो । घर अगाडि खेल्ने क्रममा आज विहान बालक रोहन नालामा खसेका थिए ।

स्थानीयका अनुसार नामाला ढक्कन नराखेको ठाउँमा टाउको तल र खुट्टा माथि रहेको अबस्थामा उनलाई देखेपछि बाहिर निकाल्दा मृत्यु भइसकेको थियो ।

मधेश प्रदेश सरकारले नाला दुई वर्ष अघि नै सडक ढलान र नाला निर्माण गरेको छ । नालामा ढक्कन समेत राखेको तर ठाउँ ठाउँमा नराखेपछि घटना घटेको स्थानीको भनाई छ ‌।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार