एसियन गेम्सका लागि नेपालको पुरुष क्रिकेट टोली घोषणा

२०८० भाद्र २९, शुक्रबार

काठमाडौं : एसियन गेम्सका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालले समूह ‘ए’मा मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ। एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन्।

नेपालले रोहित पौडेलको कप्तानीमा टोली सार्वजनिक गरेको हो। नेपाली टोलीमा कप्तान पौडेलसहित करन केसी, प्रतिस जिसी, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेक कुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार