एकीकृत समाजवादीका नेता राजु गुरुङद्वारा पार्टी परित्याग घोषणा

२०८० भाद्र २९, शुक्रबार

बुटवल : नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङले पार्टी परित्याग गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले आजबाट स्वतन्त्र वामपन्थी भएको उल्लेख गर्दै आफ्नो टाउको हलुङ्गो भएको बताएका छन् । 

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव समेत रहेका गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लागेका थिए ।

उनी गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ बाट गठबन्धनको तर्फबाट उम्मेदवार समेत  बनेका थिए । तर निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो । आफू तत्काल कुनै पार्टीमा जाने सोच नरहेको गुरुङले जानकारी दिए |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार