एमाले पार्टी होइन, ओली रूचाउनेहरूको झुन्डमात्र हो : घनश्याम भुसाल

२०८० भाद्र २९, शुक्रबार

सल्यान : नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमाले पार्टी नभएर अध्यक्ष केपी शर्मा ओलीको गुटमात्र भएको आरोप लगाएका छन् ।

शुक्रबार सल्यानको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । पार्टीको नीति अनुसार नेता चल्नु पर्नेमा एमालेमा नेतावादी नीति मौलाउँदै गएको भुसालको भनाइ छ ।

‘एमाले ओली रूचाउनेहरूको झुन्डमात्र हो,’ उनले भने,‘ जसका कारण संसद् विघटनदेखि नेकपा विभाजन हुँदै एमाले फुटेको हो ।’ वामपन्थी  कम्युनिस्ट पार्टी एक हुनुको साटो ओलीकै कारण एमाले फुटेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार