लिफ्ट चुडिँदा चारको मृत्यु, पाँच जना गम्भीर घाइते

२०८० भाद्र २९, शुक्रबार

भारत : ग्रेटर नोएडास्थित एउटा निर्माणाधीन आवासीय भवनको लिफ्ट चुडिँदा चार जनाको मृत्यु भएको छभने पाँच जना गम्भीर घाइते भएका छन् । 

ग्रेटर नोएडाका जिल्ला प्रमुख मनिष वर्माका अनुसार चार जनाको मृत्यु भएको छभने गम्भीर घाइते भएका पाँच जनालाई नजिकको अस्पतालमा भर्ना गरिएको छ । 

घटनाबारे  अनुसन्धान भइरहेको छ । दुर्घटनास्थल र अस्पतालमा प्रहरी परिचालन गरेर कानुनी कारवाही एवं उचित उपचार सुनिश्चित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार