
काठमाडौँ ; काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा चार जनाको हत्या भएको घटनामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौँ महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । उनको कपडा र जुत्ता रगतको दाग फेला परेको बताइएको छ ।
गए राति गैह्रिगाउँ स्थित दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको हत्या भएको थियो ।
प्रहरीले मुचुल्का लगायतको कार्य सम्पन्न गरी शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। उक्त मिल दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीले सञ्चालन गरेका हुन्।