बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई तोड्न चाहन्छु : केपी ओली

२०८० भाद्र ३०, शनिबार

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अझै २० वर्ष सक्रिय रहने बताएका छन्। अध्यक्ष ओलीले २० वर्ष आफू सक्रिय रहन्छु भन्नुको अर्थ देश र पार्टीको नेतृत्व लिइरहन्छु भन्ने नरहेको पनि स्पष्ट पारे।

शनिबार भक्तपुरमा आयोजित विद्यार्थीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले आफू सक्रिय रहेर देश र पार्टीको नेतृत्व गर्नेलाई सहयोग गर्ने बताए। त्यस अवसरमा अध्यक्ष ओलीले बाँचुन्जेल पद नछोड्ने प्रवृत्तिलाई आफूले तोड्न चाहेको जिकिर गरे।

अब २० वर्षसम्म मेरो अवसेन्स हुँदैहुँदैन। पहिले म अलि बिरामी थिएँ। मैले धेरैपटक अपरेसन गर्नुपर्‍यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो। अहिले मैले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिराखेको छ। कुनै प्रकारको समस्या छैन,’ उनले भने।

ओलीले देशमा तस्करी, कमिसनखोरी, भ्रष्टाचारीको बिगबिगी रहेको उल्लेख गर्दै अबको २० वर्षपछि त्यस्तो अवस्था देख्न नपर्ने दाबी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार