
काठमाडौं : बीमा कम्पनी मेटलाइफ नेपालले डिजिटल माध्यमद्वारा ग्राहकका स्वास्थ्यमा पहुँच पुर्याउने उद्देश्यसहित बीमा र स्वास्थ्य सेवाहरु एकै प्लेटफर्ममा संयोजन गरि मोबाइल एप वन बाइ मेटलाइफ सञ्चालनमा ल्याएको छ।
काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठसँगै अतिथिहरुले एपको शुभारम्भ घोषणा गरेका हुन् । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, मेटलाइफ एसियाका बंगलादेश, मलेसिया, नेपाल र भियतनाम प्रमुख एलेना बुटारोभा, एसिया प्रमुख मार्केटिङ अधिकृत सन्जीव कपुर, एसिया वितरण प्रमुख योङ हो हान, एसिया प्रमुख सोलुसन्स् डेलिभरी कोक चोए वङ तथा एसिया एजेन्सी प्रमुख मारवान माटरको उपस्थिति थियो ।
नयाँ एपले बीमा पोलिसीहरुलाई थप पहुँचयोग्य, व्यवस्थित र पारदर्शी बनाउनुका साथै प्रयोगकर्ताहरुलाई उनीहरुको वित्तीय भविष्यमा नियन्त्रण राख्न अझ सशक्त बनाउने बताइएको छ।
मेटलाइफका ग्राहकहरुले एपमा दर्ता भएर आफ्नो बीमा पोलिसीका बारेमा सूचनाहरु प्राप्त गर्न,सुविधा तथा सेवाहरुका बारेमा खोजी गर्न, प्रिमियम गणना गर्न, एजेन्टहरुलाई सम्पर्क गर्न र थप जानकारी लिनसक्ने जनाइएको छ ।