बङ्गलादेशले भारतलाई ६ रनले हरायो

२०८० भाद्र ३१, आईतवार

काठमाडौँ : बङ्गलादेशले भारतमाथि रोमाञ्चक जित हासिल गरेको छ । एसिया कपको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ६ रनले पराजित गरेको हो ।

बङ्गलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुँदै २५९ रन बनाएपछि खेल ६ रनले हारेको थियो । भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् । यसअघि बङ्गलादेशले टस हारेर पहिला ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो ।

योसँगै एसिया कपको सुपर फोरका खेलहरू सकिएका छन् । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलङ्कासँग आइतबार खेल्दैछ । बङ्गलादेशले सुपर फोरमा सान्त्वना जित हासिल गरेर घर फर्किने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार