पूर्व–पश्चिम राजमार्गमा शक्तिशाली बम विष्फोट

२०८० भाद्र ३१, आईतवार

काठमाडाैँ : पूर्व–पश्चिम राजमार्गमा गए राति शक्तिशाली बम विष्फोट भएको छ । बाँकेको राप्ती सोनारी गाउँपालिका–८, नयाँगाउँ नजिकैको उक्त राजमार्ग खण्डमा बम विष्फाेट भएकाे हाे ।

सडकमै भएको उक्त विष्फोटपछि राजमार्गमा भ्वाङ परेर क्षतिग्रस्त भएको छ । सडकमा भ्वाङ परेर भत्किएका कारण बिहानसम्म एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भएका थिए ।

घटनाको सुरक्षाकर्मीले अवलोकन गर्दा माओवादी द्वन्द्वकालमा राखिएको बमको अवशेष पड्किएको बुझिएको छ । तर मानवीय रुपमा भने कुनै क्षति नभएको सुरक्षा निकायले जनाएको छ । अहिले भने सडक विभागले उक्त भ्वाङ पुरेर सवारी आवागमन सामान्य बनाइसकेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार