कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : विमलेन्द्र निधि

२०८० भाद्र ३१, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन् । 

आइतबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको बताए । “अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ”, उनले भने, “पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुनसक्छ ।”

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए । राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उनको भनाइ थियो । विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गर्दै सबैलाई एकजुट भएर अघि बढ्न नेता निधिले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार