डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाले “संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तरगत छात्रवृत्ति प्रदान

२०८० भाद्र ३१, आईतवार

काठमाडौँ : डिप्रोक्स लघुवित्त रुकुमकोट शाखाले “संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तरगत छात्रवृत्ति रकम प्रदान गरेको छ ।

रास्ट्र बैंकबाट मान्यता प्राप्त घ बर्गमा दर्ता भएको डिप्रोक्स लघुवित्त वित्तीयसंस्था लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना अनुरुप “संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत देश भर १५६ वटा शाखा ले आ-आफ्नो क्षत्रमा जेहेन्दार , लगनशिल र अनुशासित विद्यार्थि लाई छात्रवित्रि वितरण कार्यक्रम सन्चालन गरिरहेका छन त्यसै सन्दर्भमा यस क्षत्र को शाखा कार्यालय रुकुमकोट रुकुम पुर्ब ले पनि श्री त्रिभुवन जनता माध्यामिक बिद्यालय छिपृदह कक्षा ८ मा अध्ययनरत जेहेन्दार , लगनशिल र अनुशासित छात्रा निगिता सार्कीलाई अध्ययनमा टेवा पुगोस भन्ने उदेश्यले यस शाखाका कार्यालय प्रमुख दामोदर गौतमले छात्रवृत्ति रकम प्रदान गरेका छन् ।

साथै नानीको शैक्षिक क्षेत्रमा प्रगतिको शुभकामना पनि दिएका छन्। अझै आउदा दिनहरुमा जेहेनदार , अनुशासित , विपन्न परिवारका बिद्यार्थीहरुलाई सहयोग गर्दै जाने कुरा उक्त कार्यालयमा कार्यरत ,कनिष्ठ कार्यक्रम साहायक, सुधन गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार