नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगे झलनाथ खनाल र शंकर पोखरेल

२०८० भाद्र ३१, आईतवार

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नेकपा एमालेका महासचिव शंकर पोखरेल संविधान सभा अध्यक्ष स्वर्गिय सुवास नेम्वाङको परिवारलाई समवेदना दिन एकसाथ पुगेका छन्।

आइतबार बिहान बालुवाटार स्थित नेम्वाङ निवासमा पुगेर नेता खनाल र महासचिव पोखरेलले परिवारलाई समवेदना प्रकट गरेका हुन्।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख समेत रहेका नेम्वाङको भदौ २६ गते हृदयघातबाट निधन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार