नेम्वाङ परिवारलाई राष्ट्रियसभा अध्यक्षको समवेदना

२०८० भाद्र ३१, आईतवार

काठमाडौँ : राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले नेकपा (एमाले) पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गर्नु भएको छ । आज बालुवाटारस्थित नेम्वाङ निवासमा पुगी उनिले नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना दिनु भएको उनिका प्रेस सल्लाहकार दुर्गा शर्माले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पनि आजै नेम्वाङ निवास पुगी परिवारजनमा समवेदना व्यक्त गरे । गत सोमबार हृदयघात भइ नेम्बाङको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार