आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

२०८० भाद्र ३१, आईतवार

काठमाडौं : नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ असोज ३ र ४ गते सन्चालन हुने अल्टिमा अनलाईन मेला” मा “एकको डबल” अफर सार्वजनिक गरेको छ। 

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा – बिहान ९ देखी ११ सम्म र साझ ६ बजेदेखी राती ८ बजे सम्म  एउटा अल्टिमा atom ५२० वा अल्टिमा atom  ३२० earbuds खरिद गर्ने  ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने  व्यबस्था गरेको छ ।  साथै अन्य अल्टिमाका gadgets  हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५ प्रतिशत  छुट प्राप्त हुने कम्पनीले जनाएको छ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाईसम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पे का सीइओ प्रविन रेग्मीले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार