सभामुख घिमिरे आयरल्याण्ड प्रस्थान

२०८० भाद्र ३१, आईतवार

काठमाडौँ : सभामुख देवराज घिमिरे तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आइतबार साँझ आयरल्याण्ड प्रस्थान गरेका छन् ।  

आइरिस संसदको तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेलको निमन्त्रणामा सभामुख घिमिरे एक साताका लागि आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन् । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई रहेका छन् । आयरल्याण्डमा नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल प्रतिनिधि मण्डलमा सहभागी हुनेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम लगायतका उच्च अधिकारीले सभामुखको टोलीलाई बिदाइ गरेको थियो ।

भ्रमणका क्रममा सभामुख घिमिरेले तल्लो सदनडोयल एरियनका सभामुख सानओ फारगेल र माथिल्लो सदनसिनड एरियनका अध्यक्ष जेरी बटाइमरसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सभामुखले आयरल्याण्डमा रहँदा आइरिस सरकारका पदाधिकारीहरु तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग पनि भेट्छन् ।

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार