
काठमाडौं : सरकारले सचिव कृष्णहरि पुष्करलाई पुनः अर्थ मन्त्रालयमा फिर्ता ल्याएको छ ।
शुक्रबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यालय सरुवा गर्दै अर्थ मन्त्रालयको अर्थ सचिवमा पुष्करलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
पुष्कर संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको सचिव थिए। यसअघि पुष्कर अर्थसचिव थिए। सरुवा गरेर पुष्करलाई सामान्यमा पुर्याइएको थियो।