नेपाल विद्युत प्राधिकरणका १०४ कर्मचारीको सरुवा (नामावलीसहित)

२०८० आश्विन १, सोमबार

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले १०४ जना कर्मचारीहरूको एकसाथ सरुवा गरेको छ ।

प्राधिकरणले भदौ ३१ गतेको निर्णयबाट निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरुको सरुवा गरेको हो । सरुवा हुनेहरु अधिकांश कार्यालय प्रमुखहरु छन् ।

निर्देशक कमल आचार्यलाई कार्यकारी निर्देशकको सचिवालयबाट गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराको प्रमुखको जिम्मेवारी दिएर सरुवा गरिएको छ ।

यसैगरी प्रबन्धक दिपेन्द्रराज द्विवेदीलाई बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाबाट संस्थागत योजना तथा अनुगमन विभागमा सरुवा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार