प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच भेटवार्ता

२०८० आश्विन १, सोमबार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालय भटवार्ता भएको हो।

एन्टोनियो गुटेरेससँग भेटप्रति प्रधानमन्त्री प्रचण्डले खुसी व्यक्त गरेका छन्। महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच नेपालको शान्ति प्रक्रिया, शान्ति स्थापना, जलवायु परिवर्तन, एसडीजी, एलडीसी र विकास वित्तपोषणलगायतका विभिन्न विषयमा छलफल भएको छ।

साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार