बहुविवाहको आरोपमा माओवादी केन्द्रका नेता ६ महिना निलम्बित

२०८० आश्विन १, सोमबार

काठमाडौँ : नेकपा माओवादी केन्द्रले बहुविवाहको आरोपमा एक नेतालाई निलम्बन गरेको छ । पार्टीका सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य शेरबहादुर चौधरीलाई माओवादीले ६ महिनाका लागि निलम्बन गरेको हो । 

‘साँस्कृतिकजन्य कमजोरी गरेको र उनीसँग छलफल गर्दा सहश्र स्वीकार गरेकोले निजलाई प्रदेश समितिको सिफारिसमा ६ महिनाको लागि पार्टी सदस्यबाट समेत निलम्बन गरिएको निर्णय अनुमोदन गरिएको छ’, माओवादीले मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ । 

कैलालीको भजन नगरपालिकाका पूर्व प्रमुख समेत रहेका उनले केही समयअघि बहुविवाह गरेको बताइएको छ । सोबारेमा पार्टीमा उजुरी परेपछि उनले आफ्नो कमजोरी स्वीकारेका थिए । उनको कमजोरी पुष्टि भएसँगै हालै बसेको केन्द्रीय कार्यालयको बैठकबाट उनलाई निलम्बनको निर्णय भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार