एसियाड तयारीका लागि ब्रेकिङ डान्सका दीपक बेल्जियम जाने

२०८० आश्विन १, सोमबार

काठमाडौं : चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका डान्स स्पोर्ट्स खेलाडी दीपक लामाले डब्लुडीएसफ विश्व च्याम्पियनसिप प्रतिस्पर्धा गर्ने भएका छन् ।

सेप्टेम्बर २३ देखि २४ तारिखसम्म हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन दीपक मंगलबार बेल्जियमको लुउभेन प्रस्थान गर्दै छन् । त्यहाँ दीपकले वान अन वान ब्रेकिङ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दीपकलाई उच्च मनोबलका साथ प्रदर्शन गरी देशको गौरव अभिबृद्धि गर्न सफलता मिलोस् भन्ने शुभकामना दिँदै बिदाइ गरे ।

नेपाललले पहिलो पटक एसियाडमा ब्रेकिङ डान्समा सहभागिता जनाउँदैछ । एसियाडमा ब्रेकिङ डान्स पनि समावेश भएपछि उत्साहित बनेका दीपकले पदक जित्ने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार