‘आरआरआर’को अपहर सफलता पछि ‘मेड इन इन्डिया’ बनाउँदै राजामौली

२०८० आश्विन २, मंगलवार

काठमाडौं : ‘बाहुबली’ र ‘आरआरआर’ निर्देशक एसएस राजामौलीले नयाँ फिल्म घोषणा गरेका छन्।

उनले ट्वीटरमार्फत एक भिडिओ सेयर गर्दै नयाँ फिल्मको घोषणा गरेका हुन्। फिल्मको नाम ‘मेड इन इन्डिया’ राखिएको छ। यो भारतीय फिल्मको बायोपिकमा आधारित हुनेछ।

राजामौलीले एक टिजर सेयर गर्दै लेखेका छन्, ‘जब मैले पहिलो पटक कथा सुनें, म भावुक भएँ। यति धेरै भावुक म अरू कुनै कुरामा भएको छैन। बायोपिक बनाउनु आफैंमा मुस्किल काम हो। भारतीय फिल्मको पिताको बारेमा कल्पना गर्नु अझै मुस्किल छ। तर मेरो टिमले यसको लागि कम्मर कसिसकें। निकै गर्वका साथ ‘मेड इन इन्डिया’ फिल्म बनाउँदैछौं।’

नितिन कक्कडले निर्देशन गर्ने फिल्ममा राजामौलीको लगानी रहनेछ। फिल्मलाई वरुण गुप्ता र एसएस राजामौलीका छोरा एसएस कार्तिकेयले निर्माण गर्दैछन्। तर फिल्मको कलाकारबारे अहिलेसम्म जानकारी दिइएको छैन।

दादासाहेब फाल्केलाई ‘फादर अफ इन्डियन सिनेमा’ भनिन्छ। उनले सन् १९१३ मा देशको पहिलो फिचर फिल्म ‘राजा हरिश्चन्द्र’ बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार