महाराजगन्जको व्यस्त चोकमा शंकास्पद वस्तु फेला

२०८० आश्विन २, मंगलवार

काठमाडौँ : राजधानीको महाराजगन्जस्थित व्यस्त सडक चोकमा शंकास्पद वस्तु फेला परेको छ । महाराजगन्ज चोकस्थित बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा झोलामा राखिएको शंकास्पद वस्तु फेला परेको हो । 

बेवारिसे अवस्थामा झोलामा शंकास्पद वस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको छ । सवारीको चापका बीच शंकास्पद वस्तु भएतर्फको साइडको सडक खाली अहिले  गराइएको छ। सो क्षेत्रमा अहिले सवारीको जाम चर्को रहेको छ । 

शंकास्पद वस्तु बम हो वा होइन भन्नेबारे डिस्पोजल टोलीले यकिन गरेपनि थाहा हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार