बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुन्छु : सुहाङ नेम्वाङ

२०८० आश्विन २, मंगलवार

इलाम : दिवंगवत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । गृहजिल्ला इलाममा नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा मंगलबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् ।

बुबाको निधनले इलाममात्र नभइ सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए ।

पछिल्लो राजनैतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए ।

नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्वर २ उपनिर्वाचन हुने भएको छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ । श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमालेका नेताहरु रामबहादुर थापा बादल, रघुबीर महासेठ, डा. शिवमाया तुम्बहाम्फे, एमाले इलामका अध्यक्ष महेश बस्नेत, नेपाली कांग्रेस इलामका पूर्वअध्यक्ष हिमालय कर्माचार्यले नेम्वाङको योगदानको चर्चा गरेका थिए ।

यसैगरी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केशी, माओवादी केन्द्रका कान्छा लावती, इलाम नगरपालिकाकी उपमेयर बिष्णुकुमारी दाहाललगायतले पनि नेम्वाङको योगदानको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0

ताजा समाचार