तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०८० आश्विन २, मंगलवार

काठमाडौँ : तान्जानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

दैलेख नारायण नगरपालिका-७ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय गणेश बहादुर सिंहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिंहले एक जनालाई वैदेशिक रोजगारका लागि तान्जानिया पठाइ आकर्षक तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितबाट रकम  लिई सम्पर्क विहीन भई ठगी गरेको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौँ सितापाइला चोकबाट पक्राउ गरेको हो ।

सिंहलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार