कस्तो रहनेछ आजको मौसम ?

२०८० आश्विन ३, बुधबार

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि  सामान्य  बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,  मधेस, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका  केही  स्थानहरूमा र  देशका  बाँकी  भूभागका   थोरै    स्थानहरूमा  चट्याङ्गसहित हल्कादेखि  मध्यम वर्षाको सम्भावना  रहेको  छ । गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना  रहेको महाशाखाले जनाएको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार