‘ह्याप्पी डिभोर्स’मा केकी र रिमा, के भन्छ शीर्ष गीतले ?

२०८० आश्विन ३, बुधबार

काठमाडौं : अभिनेता विमलेश अधिकारीले चलचित्र निर्देशन गर्ने भएका छन् । उनले मंगलबार राजधानीमा कार्यक्रम आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने चलचित्रको नाम र मुख्य कलाकारसहितको टिम घोषणा गरेका छन् ।

उनले निर्देशन गर्ने चलचित्रको नाम ‘ह्याप्पी डिभोर्स’ रहने छ । चलचित्रमा विमलेशसँगै केकी अधिकारी र रिमा विश्वकर्माको पनि मुख्य भूमिका रहनेछ ।

मंगलबार नै चलचित्रको कथासार बुझाउने म्युजिकल प्रिभ्युसमेत सार्वजनिक गरिएको छ । म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रीमा विश्वकर्मासँगै निर्देशक अधिकारीसमेत देखिएका छन् ।

विशाल पोखरेलको संगीत रहेको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर छ ।

चलचित्रले नयाँ सुरुआत, स्वतन्त्रता र सुन्दर भविष्यको कथा भन्ने छ ।

अभिनेत्री केकी अधिकारीले डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन् । हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्वीकार गरिनसकेको भन्दै उनले समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफूहरू सजग रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार