कुवामा पानी पिउन गएका युवक चिप्लिएर सेतीमा खसेपछि बेपत्ता

२०८० आश्विन ३, बुधबार

बझाङ : बझाङस्थित सेती नदीमा बगेर एक जना युवक बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार डोटीको सायल गाउँपालिका–१ पुजारीगाँउका ३५ वर्षीय कलिभान पुजारा सेतीमा बेपत्ता भएका हुन। केदारस्यू गाउँपालिका–१ डाँसामा पानी पिउने क्रममा उनी चिप्लिएर नदीमा खसेका थिए।

स्थानीय देउरा बजारबाट घर फर्किने क्रममा सेती नदी र कालङ्गा नदीको दोभान नजिकै किनारामा पानी पिउन जाने क्रममा चिप्लिएर सेती नदीमा खसेका पुजारा बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरी चौकी रायल बझाङबाट खटिएको प्रहरी टोलीले उनको खोजीका साथै थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार