मेलम्चीको पानी वितरण अझै अनिश्चित, क्षतिकै विवरण यकिन हुन सकेन

२०८० आश्विन ७, आईतवार

काठमाडौं : काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण थप अनिश्चित बनेको छ। मेलम्चीखाने पानी आयोजनाको हेडवर्क्स र मुख्य  बाँधमा माटोको लेदो र गेग्य्रान थुप्रिएपछि पानी वितरण अनिश्चित बनेको हो ।

बाढीपहिरोले आयो जनाको मुहानसम्म पुग्ने सडकसमेत बगाएकाले हेडवर्क्स र मुहान क्षेत्रमा पुगेको क्षति अझै यकिन हुन सकेको छैन  । ड्रोन’को सहायताले गरिएको अध्ययन अनुसार मुहान क्षेत्रमा ठूलो मात्रामा माटोको लेदो र गेग्य्रान थुप्रिएको देखिएको आयोजनाले जनाएको छ।

बाढीपहिरोले मुहान र सुरुङमा क्षति पुर्‍याउन सक्ने भन्दै गत असार ७ गते देखि  पानी पथान्तरण  रोकिएको थियो । गोरखापत्र दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार