

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले बढेर १ लाख १२ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय ३० रूपैयाँ कायम भएको छ ।