क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौं : कप्तान पौडेल

२०८० आश्विन ७, आईतवार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताएका छन्।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आइतबार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताए।

उनले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताए। एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको उनको भनाइ छ।

उनले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिबद्धता जनाए। यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनले बताए। टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मिहेनत गरिरहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार