

काठमाडौँ : मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सभा मिति २०८० साल असोज ३ गते बुधबार सम्पन्न भएको छ ।
यस साधारण सभाले आगामी २ वर्षका लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्य अघिल्यै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ । कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।
साधारण सभामा समितिका उपाध्यक्ष सञ्जय कुमार अग्रवालले स्वागत मन्तब्य दिएका थिए भने महासचिव अमित अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराएका थिए । त्यस्तै कोषाध्यक्ष प्रभाकर थापाले आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अन्त्यमा एशोसियसनका अध्यक्ष दिपक कुमार मलहोत्राले सभामा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।