जानकी मन्दिरको दर्शन गर्न जनकपुर पुगे राष्ट्रपति पौडेल

२०८० आश्विन ८, सोमबार

जनकपुरधाम : राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुगेका छन् । नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको राष्ट्रपति पौडेलको कार्यक्रम स्थगित भएकोले सोही कार्यक्रमलाई निरन्तरता दिँदै सोमबार बिहान जनकपुरधाम पुगेका हुन् ।

राष्ट्रपति पौडेलद्वारा जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गरिने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रमको समेत आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार