प्रधानमन्त्री दाहालद्वारा माओको समाधिस्थलमा श्रद्धाञ्जलि

२०८० आश्विन ८, सोमबार

बेइजिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज चीनको राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका नेता स्वर्गीय माओ त्सेतुङको समाधिस्थलमा पुष्पाहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरे ।

हाल चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षीसँगको वार्तापछि तियानमेन स्क्वायर पुगेका थिए । प्रधानमन्त्री दाहाल त्यहाँ पुग्दा चिनियाँ उच्च अधिकारीहरूले उनिको स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार