एसियाड खेल्न मानसिक रुपमा तयार छैन : सन्दीप लामिछाने

२०८० आश्विन ८, सोमबार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो । तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।

‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार