कुलेश्वरमा ७० हजार किलो चिनीसहित गोदाम सिल

२०८० आश्विन ८, सोमबार

काठमाडौं : कुलेश्वरको गृहेश्वरी ट्रेडलिंक चिनी गोदाम सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत बिहीबार सिल गरेको हो ।

स्टोरमा राखिएका ७० हजार केजी चिनीका बोराहरूमा लेबल नराखिएको र गोदाममा पानी जमेको देखिएपछि सिल गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले बताए । उनका अनुसार कतिपयमा बोरामा उत्पादन मिति र परिणाम मेटिएको अवस्थामा चिनीका बोरा भेटिएका थिए ।

“जिल्ला प्रशासनले हामीलाई सूचना दिएपछि हाम्रो टोली गोदाममा पुग्यो । गोदाममा पुग्दा पानी जमेको र लेबल मेटिएको बोराहरु भेटिए,” उनले भने, “चिनी गुणस्तरहीन भएको आशंका भएपछि हामीले गोदाम सिल गरेर गुणस्तर चेक गर्न ल्याबमा पठाएका छौँ ।” अब आउने रिपोर्टअनुसार कारबाही अगाडि बढाउने पोखरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार