चिकित्सकमाथि हातपात बढेको भन्दै शिक्षण अस्पताल महराजगञ्जका चिकित्सक आन्दोलित

२०८० आश्विन ९, मंगलवार

काठमाडौं : शिक्षण अस्पतालका रेसिडेन्ट डाक्टरले आकस्मिक बाहेकका सेवा ठप्प पार्दै र्‍याली निकालेका छन्। लगातार जस्तो चिकित्सकमाथि हातपात भइरहेको बताउँदै रेसिडेन्ट डाक्टरहरुले आकस्मिक बाहेकका सेवामा आफूहरु संलग्न नहुने बताएका छन्।

हिजो मात्रै चितवन र पोखरामा थप घटना भएकाले सुरक्षा ग्यारेन्टी नभएसम्म काममा नफर्किने गरी आन्दोलन गरिएको शिक्षण अस्पताल अन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष आनन्द सिंहले जानकारी दिए।

त्यसअघि शिक्षण अस्पताल रेसिडेन्ट चिकित्सक संघले विज्ञप्ति जारी गर्दै आफूहरुले काम छाडेको जानकारी गराएको थियो। राष्ट्रिय आवासीय चिकित्सक संघ शिक्षण अस्पतालका तर्फबाट सभापति सन्दीपकुमार ओखेडाले र्‍यालीका लागि आह्वान गरेका थिए। सोही आह्वान अन्तर्गत अस्पतालमा कार्यरत चिकित्सक र त्यहाँ अध्ययनरत विद्यार्थीले र्‍याली निकालेर माइतिघरतर्फ आइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार