

काठमाडौँ : चीनले नेपालमा ‘बोनम्यारो ट्रान्सप्लान्ट’ सेवा स्थापनामा सहयोग गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चिनियाँ पक्षले नेपालमै बोनम्यारो ट्रान्सप्लान्ट सेवा सुरु गर्न सहयोग गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार चिनियाँ पक्षले वीपी कोइराला मेमोरियल क्यान्स हस्पिटलमा बोन म्यारो ट्रान्सप्लान्टमा सहयोग गर्नेछ । ‘चीन नेपालसँग स्वास्थ्य क्षेत्रमा थप सहयोग र सहयोग गर्न तयार छ,’ संयुक्त बक्तव्यमा लेखिएको छ, ‘वीपी कोइराला मेमोरियल क्यान्सर हस्पिटलमा बोनम्यारो ट्रान्सप्लान्ट सेवा स्थापना पनि यसमा समेटिएको छ ।’ यस्तै, सिभिल हस्पिटलको रिनोभेसनको योजनामा समेत नेपाल र चीन सहमत बनेका छन् ।