शाहरुख खानको ‘जवान’ले कमायो १ हजार करोड

२०८० आश्विन ९, मंगलवार

काठमाडौं : शाहरुख खानको फिल्म ‘जवान’ले विश्वभर १ हजार करोड कमाएको छ। एटली निर्देशित शाहरुख खानको ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज भएको थियो। फिल्म रिलिज भएको १९ दिन बितिसकेको छ। फिल्म ‘जवान’ले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ। ‘जवान’ले धेरै फिल्मको रेकर्ड पनि तोडेको छ।

भारतमा ‘जवान’को कुल कारोबार रु ५ सय ६० करोड नाघेको छ। फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो। ‘जवान’मा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार