एसियाली खेलकुदका लागि सन्दीप लामिछाने र सागर ढकाल चीन प्रस्थान

२०८० आश्विन ९, मंगलवार

काठमाडौं : नेपाली क्रिकेट टोलीका खेलाडीहरू सन्दीप लामिछाने र सागर ढकाल एसियाली खेलकुदका लागि चीन प्रस्थान गरेका छन् । उनीहरू आज मध्यान्ह १२ बजेको उडानमा चीन गएका हुन् ।

एसियाडका लागि नेपाली टोली चीन गइसकेको छ । तर, सन्दीप मुद्दाका कारण रोकिएका थिए । मुद्दाको सुनुवाइ तत्काल नहुने भएपछि उनी चीन जान लागेका हुन् । एसियाडमा नेपालले समूह चरणको पहिलो खेल बुधबार मंगोलियाविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार